इन्द्रेणी संवाददाता
दाङ, १० भदौ । नेपाल पत्रकार महासंघ दाङले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो समय उत्पन्न समस्याका विषयमा नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाउदै सेवा सुविधा सहज बनाउन आग्रह गरेको छ । आज वसेको महासंघको बैठकले यस्तो निर्णय गरेको हो ।

fnj dangबैठकले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले’ उठाएका जायज मागप्रति समर्थन जनाउँदै ती माग पूरा गर्न सम्बन्धित निकाय समक्ष माग गरेको छ ।

यसअघिका दिनमा सञ्चारकर्मीहरुले विभिन्न शिर्षकमा सुचना माग गरेको तर प्रतिष्ठानले नदिएको भन्ने गुनासो आएकाले सार्वजनिक निकायले सुचना दिनुपर्ने संवैधानिक तथा सुचनाको हक सम्बन्धि अधिकार अन्तर्गत सहजरुपमा सुचना उपल्ब्ध गराउन प्रतिष्ठान समक्ष आग्रह गरेको छ । साथै शाखाका कार्यसमिति सदस्य नविन अभिलाषी रिपोटिङका लागि भदौ ६ गते दिउँसो प्रतिष्ठानमा पुग्दा त्यहाँका सुरक्षा गार्ड बिरबहादुर चौधरीले दुव्र्यवहार गरेको घटनाको घोर भत्र्सना गर्दै दोषी माथि कडा कारवाहीको माग गरेको छ । बैठक शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा वसेको थियो ।