रूपन्देही, ४ भदौ । प्रदेश नम्बर ५ सरकारले प्रदेश लोकसेवा आयोगको कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले आयोगका लागि १३ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो ।
कार्यालयमा ११ तहदेखि कार्यालय सहयोगीसम्मका १३ जना कर्मचारीको दरबन्दी स्वीकृत गरिएको हो । प्रदेशको लोकसेवा आयोगका अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराईले पदभार ग्रहण गरिसकेका छन् ।










