इन्द्रेणी संवाददाता
दाङ, ३ भदौ । सर्पको टोकाइबाट दाङमा एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ वस्ने ३१ वर्षिया बृहस्पती चौधरीलाई आफ्नै घरमा सुतिरहेको वेलय सर्पले टोक्दा ज्यान गएको हो ।
गएराति २ बजेतिर चौधरीलाई सर्पले डसेको र उपचारका लागि नेपालगञ्जतर्फ लैजादै गर्दा आज दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











