तुलसीपुर, ३ भदौ । वजार व्यवस्थापनका लागि व्यापारीहरु नै जिम्मेवारी हुने कुरा तुलसीपुरमा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका छन् । व्यापारका नाममा कतिपय व्यापारीहरुले जनताहरुलाई ठग्ने काम गरिएको समेत वोल्ने वक्ताहरुको भनाइ थियो ।

BAZARव्यापारी र सरोकारवालका विचमा भएको छलफल कार्यक्रममा वोल्दै इलाका प्रशासन कार्यालय तुलसीपुरका शाखा प्रमुख श्रीधर टण्डनले १३ रुपैयाको मिनरल वाटर ३० रुपैयामा समेत विक्री भएको दृष्टान्त पेश गरे । ‘कसले कालो वजारी ग¥यो भन्दा पनि हामीले कत्तिको आवाज उठायौ यो पनि महत्वपूर्ण कुरा हो ’ उनले भने । उनले वजारमा जतिसुकै अनियमितता भएपनि कसैले त्यसको विरोधमा आवाज नउठाएको वताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले व्यापारीहरु कालोवजारी गर्छन् भन्नुभन्दा पनि त्यस्ता व्यापारीहरुलाई पहिचान गरेर कारवाही गर्नुपर्ने वताए । ‘स्थानीय सरकार र प्रशासनले सबैलाई एउटै आँखाले हेर्न भएन’ उनले आपत्ति जनाए ।
कार्यक्रममा वोल्दै मदिरा व्यवसायी खुमवहादुर न्यौपानेले उपमहानगरपालिकाले मदिरामा जथभावि कर लगाउन खोजेको भन्दै आपत्ति जनाए ।