इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । सवारी दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ ।
गढवा गाउपालिका ५ बाक्की चोकस्थित गढवा–कालाकाटे सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ५ प ९७११ नम्बरको मोटरसाइकलले सोमवार प्रदलयात्री सोनपुरुवा वस्ने ६० वर्षका गंगाराम यादवलाई ठक्करदिदा मृत्यु भएको हो ।
उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी चालक रोहति चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











