दाङ, १९ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीस्थित गाउँले इलेटिकलका प्रो.पाइटर विष्णु श्रेष्ठलाई सहयोग रकम प्रदान गरेको छ ।

67539979_2321665044764342_8191662747088322560_n (1)संघले आइतवार श्रेष्ठ लाइ ५१ हजार रुपैया सहयोग गरेको हो । पिडित व्यवसायीलाई सानो भएपनि सहयोग पुगोस भनेर सहयोग गरेको संघका अध्यक्ष नारायण प्रसाद भुसालले जानकारी दिए । संघले संघमा आवद्ध व्यवासायीलाई समस्या पर्दा सहयोग गदै आएको छ ।

श्रेष्ठको यही साउन १५ गते नजिकै घर निमार्णका लागि जग खन्ने क्रममा घर भत्कीदा व्यवसायमा क्षति पुगेको थियो । घर भत्कीदा घरमा व्यवसाय गरेको उनको ७ लाख वरावरको क्षति भएको थियो ।