काठमाडौं, १७ साउन । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा विभिन्न कारणले रिक्त ५० स्थानमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले आगामी १४ मंसिरको मिति सिफारिस गरेको छ ।

election office बुधबार प्रधानमन्त्री केपी ओलीसँग आयोगका पदाधिकारीको भेट र बिहीबारको सर्वदलीय बैठकपछि १४ मंसिरमा उपनिर्वाचन गर्ने सिफारिस गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले बताए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले उपनिर्वाचन प्रक्रिया अघि बढाउन दिएको निर्देशन र सर्वदलीय बैठकको सुझाबअनुसार १४ मंसिरमा उपनिर्वाचन गर्ने सिफारिस सरकारसमक्ष गरेका छौँ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले नयाँ भने ।