दाङ, १६ साउन । नेपाल पत्रकार महासंघको सटर र जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका नारायणनाथ योगीले आफूले नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केवि मसाललाई ज्यान मार्ने धम्की नदिएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

afafaf

योगीद्धारा जारी विज्ञप्ति

प्रेस विज्ञप्ती

उपरोक्त सम्बन्धमा म नारायणनाथ योगीले नेपाल पत्रकार महासंघ दाङ शाखाको अनुमती अनुसार विगत पाँच वर्षदेखि शाखा परिसरमा व्यवसाय गर्दै आएको छु । मेरो माग र शाखाको निर्णय अनुसार मैले महासंघ भवनको सटर र पछाडीको जग्गामा ट्रस्ट (टहरा) निर्माण गरी उपयोग गर्दै आएको छु । मलाई शाखाको पुर्वअध्यक्ष केवि मसाल, प्रताप रेग्मी र सुदीप गौतमले नै त्यहाँ राख्नु भएको हो । पछिल्लो समय मैले आग्रह गरे बमोजिम शाखाको निर्णय अनुसार मैले शाखा परिसरमा ट्रस्ट निर्माण गर्न थालेको थिएँ, तर शाखाले साधारणसभाको निर्णय भन्दै निर्माण कार्य तत्काल खारेज गर्ने र बनेको संरचना पनि भत्काउने भने पछि मैले विना क्षतिपुर्ती सहर्ष स्वीकार गरेर भत्काएको थिएँ । फेरी पनि शाखासमक्ष मेरो हुनुपर्ने क्षति भयो, मलाई कम्तीमा ठुलो मेसिन राख्नको लागि थोरै जमिन उपलब्ध गराईदिनुस् भन्ने आग्रह गर्दा शाखाको कार्यसमितिले निर्णय गरेर मलाई बनाउन अनुमति दिएपछि बनाउन थालेको हुँ । तर मैले काम गरिरहँदा मिति २०७६ /०४÷१३ गते दिउँसो शाखाका पुर्वअध्यक्ष प्रताप रेग्मीले मैले ट्रस्टका लागि निर्माण गरेका फलामका पिलरहरु उखेल्ने काम गर्नुभयो । मैले शाखाको अनुमती बमोजिम काम गर्दा पुर्वअध्यक्षले त्यस किसिमको व्यवहार गर्नुपर्ने किन हो ? मैले महासंघको निर्णय बमोजिम गर्नुपर्ने हो की कस्को ? म शाखाको अनुमती बमोजिम काम गरिखाने मान्छे माथि किन यस्तो जवरजस्ती गरिएको हो ? शाखाको निर्णय बमोजिम काम गर्दा मैले के विगारेँ ? शाखाले दिएको अनुमति बमोजिम जमिनको प्रयोग गर्दा मैले कहाँ नेर अतिक्रमण गरेँ ? र यसरी पिलर नै उलेख्ने काम गरियो ? म माथि अन्याय पर्दा बजारमा भेट भएको क्रममा मैले शाखाको पुर्वअध्यक्ष केवि मसाललाई तपाईहरुले नै राखेको मान्छे मलाई किन यसरी हटाउन खोज्नु भएको छ ? भनेर सोधेको हुँ । तर उहाँले भने अनुसार ज्यान मार्ने धम्की कदापी दिएको हैन । सोही दिन मैले महासंघको पहल अनुसार माफी माग्न पनि तयार भएको थिएँ । तर उहाँले एकोहोरो ढंगले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई मलाई थुनाउनै पर्ने कारण के हो ? मैले शाखाको अनुमति बमोजिम काम गर्दा जवरजस्ती आएर पिलर फाल्न खोज्दा मैले न्याय कहाँ पाउने ? मेरो कुनै दोष नहुँदा पनि यस्तो व्यवहार गर्दा म पीडित भएको छु । न्याय पाउँ भनि यसै विज्ञप्ती मार्फत माग गर्दछु ।

नारायणनाथ योगी
योगी एड्भरटाईजिङ घोराही, दाङ