इन्द्रेणी संवाददाता
दाङ, १६ साउन । दाङका छुटाछुटै दुई स्थानमा दुई जना पुरुषको शल वेवारिसे अवस्थामा फेलय परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधवार घोराही उपमहानगरपालिका १० बकुली भन्ने स्थानमा मकैबारीमा मदेशी मुलको जस्तै देखिने अन्दाजी ४०÷४५ वर्षको पुरुषको शव फेलय परेको छ ।
त्यस्तै सोही दिननै राप्ती गाउँपालिका वडा नं. १ रातोडाँडा भन्ने स्थानमा अन्दाजी ६०÷६५ वर्षको जोगीको भेष गरेको एक पुरुषको शव फेलय परेको छ । यी दुबै व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।











