तुलसीपुर, १ साउन १ । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाले विभिन्न जातका विरुवाहरु अनुदान तथा निशुल्क वितरण गर्दै आएको छ ।

c1शाखा प्रमुख दिपक वुढाथोकीका अनुसार शाखाले विभिन्न उन्नत जातका आँप, लिच्चि, अनार, कागती र केराका विरुवा वितरण गरेको हो । वडा कार्यालय, सामुदायिक विद्यालय, विभिन्न सरकारी निकायका साथै वृक्षारोपणको अभियान सञ्चालन गर्नेलाई निशुल्कका साथै अन्यलाई ५० प्रतिशत अनुदानमा विरुवा वितरण गरिएको हो ।

शाखाका अनुसार यो वर्षका लागि आम्रपाली आँप ३ हजार ६ सय, दशहरी, २ हजार, लिच्ची १ हजार ६ सय, टिस्युकल्चर अनार ४ सय, कागती ३ हजार ८ सय र केरा ३ हजार ५ सय वितरणका लागि ल्याएको हो । जसमध्ये अधिकांश विरुवा वितरण भइसकेको कृषि अधिकृत कुलराज चौधरीले वताए । उनले यो वर्षका लागि सिमित विरुवा मात्रै बाँकी रहेको पनि जानकारी दिए ।

अधिकृत चौधरीका अनुसार ५० प्रतिशत अनुदानमा आम्रापाली आँपको ३७ रुपैया ५० पैसा, दशहरीको २२ रुपैया ५० पैसा, लिच्चीको २० रुपैया, टिस्युकल्चर अनारको ६२ रुपैया ५० पैसा, कागतिको १० रुपैया र केराको २० रुपैया लाग्ने गरेको छ । ‘गतवर्ष निशुल्क दिँदा चाहेजति प्रभावकारी भएन त्यो कारण यो वर्ष थोरै भएपनि पैसा लिने गरेका हौ’ अधिकृत चौधरीले भने ।