इन्द्रेणी संवाददाता
दाङ, १३ जेठ । विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

bandaकेही स्थानमा निजी सवारीका साधनहरु फाटफुटमा चले पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था बन्द रहे भने बजार कलकारखाना समेत ठप्प छन् ।

बन्दका क्रममा राजधानी लगायत विभिन्न जिल्लाका विभिन्न स्थानमा वम विष्फोट भएका छन् भने धेरै स्थानमा वम फेला परेका छन् । केही स्थानमा वमहरु नेपाली सेनले डिस्पोज गरेको छ । बन्दका क्रममा बन्द अवज्ञा गरेका भन्दैसुर्खेतको गोचेखोलामा यात्र बसमा आगजनी गरेका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा आगजनी गरेका हुन् । त्यस्तै कालिकोटमा दुई मोटरसाइकलमा आगजनी गरिएको छ ।

नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा सो समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन् ।

पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको थियो । ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन् । उनको ढाड र अनुहारमा आगोले पोलेको छ