दाङ, २० बैशाख । पूर्व पश्चिम राजमार्गको कपिलवस्तुको शिवराज नगरपालिका १ मामा खोलामा दाङबाट चन्द्रौटातर्फ जादै गरेको बा १४ च ८४४५ नम्बरको कार दुर्घटना हुँदा दाङका व्यवसायी तीर्थ आचार्यको मृत्युु भएको छ ।

aaaकार सडक देखी करिब तिन सय मिटर तल खस्दा घोराही उपमहानगरपालिका १५ निवासी ४० बर्षिय तीर्थ आचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा परी लमही(८ सतबरीया निवासी २७ बर्षिय अनिलकुमार चौधरी गम्भीर घाइते भएकको इलाका प्रहरी कार्यालय चन्दौटाले जनाएको छ ।