दाङ, २० । दाङमा जारी ट्राफिक सप्ताह अन्तरगत छैठौ दिन नारायणपुरमा सचेतना कार्यक्रम भएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा जारी सप्ताहको छैठौँ दिन घोराही उपमहानगरपालिका वडा नम्बर १० मा ट्राफिक सचेतना कार्यक्रम भएको हो ।
यस क्षेत्रमा रहेका विद्यालयका विद्यार्थीहरुलाई सचेतना शिक्षा दिइएको थियो । घोराही उपमहानगरपालिका वडा नम्बर १० का अध्यक्ष चित्रबहादुर डाँगी(निर्मल)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्नकालागी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले स्थानीय तहको तर्फबाट पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष मानबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष कुलबहादुर लामीछाने, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद रजौरे(श्रवण)ले मन्तव्य राख्नुभएको थियो । ईलाका प्रहरी कार्यालय नारायणपुरका ईञ्चार्ज प्रहरी नायव निरिक्षक भिमबहादुर सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा ट्राफक सप्ताहबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुँवरले जानकारी गराएका थिए ।











