सिमकोट १७ बैशाख । रुख ढल्दा सडक निर्माण गर्दै गरेको स्काभेटर कर्णाली नदीमा खसेको छ ।
कर्णाली करिडोरको खार्पु सुनखाडा खण्डको याङ्चु बगरस्थि घुमाउनेमा सडक निर्माण गर्ने क्रममा माथिबाट रुख ढल्दा स्काभेटर कर्णाली नदीमा खसेको हो । दुर्घटनामा स्काभेटर माथि पर्दा चालक बिष्णु बुढा घाइते भएका छन् ।











