इन्द्रेणी संवाददाता
दाङ, १ चैत । द–लोटर्स ट्रेनिङ सेन्टर घोराही दाङले भारतीय, ब्रिटिस सेना, सिंगापुर प्रहरीमा भर्ती भएका प्रशिक्षार्थीहरुलाई विदाइ गरेको छ । आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी सो ट्रेनिङ सेन्टरमा अध्ययन गरी माथिका देशहरुमा सेवामा भर्ती भएकाहरुलाई विदाइ गरेको हो ।

lotesट्रेनिङ सेन्टर सञ्चालक निराजन भण्डारीको अध्यक्षता तथा शशस्त्र प्रहरी वल कारागार बेस घोराहीका प्रमुख डिएसी कर्णबहादुर बुढा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालीहरुले विभिन्न मुलुकमा सेवारत रही विरता प्रर्दशनी गरिरहेको प्रति प्रशंसा गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि सेन्टरका सल्लाहकार विपेन्द्र रोकाले द–लोटर्स तालिम केन्द्रले धेरैको सपना पुरा र भविष्य उज्यालो बनाइरहेको बताएका थिए ।

कार्यक्रममा किशोरचन्द गौतम र सेन्टरका प्रशिक्षक विशाल रोकालगायतले आफ्ना विचार राखेका थिए । कार्यक्रममा ब्रिटिस आर्मीका भर्ती भएका ८ जना , सिंगापुर पोलिस २ रफ्रेन्च लिजेन्ट आर्मी १ र भारतीय आर्मीमा भर्ती, भएका ५४ जनालाई बिदाइ गरिएको थियो ।