दाङ, १ चैत । आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ । मेगङ गाउँपालिका ३ नुवाकोट घर भई हाल घोराही उपमहानगरपालिका १० नारायणपुरस्थित प्रकाश न्यौपानेको घरमा अनिल गुरुङले संचालन गर्दै आइरहेको सिरक डसना उद्योगमा आगलाी हुँदा क्षति भएको हो ।

agalagiआगलागीबाट उद्योगमा रहेका सिरक, डसना, कपास र मेसिनसहित जलेर नष्ट भएको बताइएको छ । आगलाी आज दिउसो साढे १२ बजेतिर विद्युत सट भएर लागेको हो ।