इन्द्रेणी संवाददाता
दाङ, २९ पुस । दाङका स्थानीय तहलाई तीन भागमा वर्गीकरण गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्लाका १० स्थानीय तहलाई दुर्गम, सुगम र मध्यम स्तरमा वर्गीकरण गरेको हो ।
तहको वर्गीकरणअनुसार बङ्गलाचुली र राजपुर गाउँपालिका दुर्गममा राखिएको छ भने घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका सुगममा राखिएको छ ।
त्यसैगरी मन्त्रालयले लमही नगरपालिकासहित, दङ्गीशरण, शान्तिनगर, बबई, राप्ती र गढवा गाउँपालिका मध्यमस्तरमा राखिएको छ ।











