काठमाडौं, ११ पुस। आज बुधवारबाट संघीय संसदको हिउँदे अधिवेशन शुरु हुँदैछ । दोस्रो अधिवेशन शुरु भएको तीन महिनापछि हिउँदे अधिवेशन शुरु हुन लागेको हो ।
विधेयक अधिवेशनका रुपमा परिचित यो अधिवेशन कार्यसूचिका हिसाबले महत्वपूर्ण मानिन्छ । कानुन मन्त्रालयका अनुसार मौजुदा ३३९ ऐनमध्ये १७४ कानुन परिमार्जनको आवश्यकता छ । यस्तै ३८ वटा नयाँ कानुन हिउँदे अधिवेशनले पारित गर्नुपर्नेछ ।











