गोविन्द खड्का
घोराही, १० पुस । टुक् टुक् ……. काठमा किला ठोकीरहेको मधुर आवाज । पारिलो घाममा पिठ्यू फर्काएर बसेकी, अनुहारको घाम छल्न टाउकोमा बर्को गुथेकी । कुरा गर्नुपरे मुन्टो नउठाएरै बोल्ने । हात निरन्तर चलाई रहने । आफ्नो काममा व्यस्त । स्रहानीय अनुशासन् ।
यो इमान्दारीता र मेहनत राप्ती एपिकल्चर सेन्टर एवं राप्ती मौरी पालन सामाग्री उत्पादन तथा बजारी करण घोराही १३ डुमरगाउँमा कार्यरत आरती चौधरी को हो । उहाँको विहान ६ देखि साँझ ६ बजे सम्मको दैनिकी काठ खेलाएरै विच्छ । माहुरीका घार बनाउने महिला मिस्त्री भएकी छन् ।
मौरी घार बनाउन साना फ्रेममा लाग्ने मसिना काँटिमा ठोकिँदाको हथौडाको आवाज कमजोर छैन । उनका अनुसार सबै भन्दा मेहनत यसैमा लाग्छ । ढिलो हुने र झन्जटिलो काम हो । ‘खामा सामा काट्न पर्छ । सबैभन्दा यही त अफ्ठेरो हो ।’ कापमा छिराएर काँटी ठोक्दै गरेको देखाउँदै भनिन्, ‘कति चोटि मेसिनमा हाल्नुपर्छ । टाईम लाग्छ । ढिलो हुन्छ ।’ उनका अनुसार खापमा नमिल्ने, काँटि ठोक्दा च्यातिने, फ्ट्ने जस्ता झन्जट छन् ।
यसमा लागेको तिन चार बर्ष बढी भयो । आफ्नो उमेर यति भयो, काम गर्न लागको यतिबर्ष पुग्यो जस्ता कुारमा चौधरीलाई चासो छैन । त्यसैले यति नै भयो भन्ने एकिन समय भन्न पनि आउँदैन । महिलाले पनि माहुरीका घार बनाउन जान्छन् र ? यो प्रश्न धेरैका मनमा हुन्छ । महिलाले माहुरी काटेपछि मासिन्छ भन्ने समाज दुरदराजमा अझै पनि जिवितै छ । ती सबैलाई जवाफ दिन चौधरीको कला प्रयाप्त छ, जसले सैयौ घारहरु तयार गर्छ ।
मासिक १२ हजार तलवसँंगै ओ टि गर्दा त्यसको आधा थपिन्छ । उसै त आफ्नै पेशाले सानो तिनो परिवार धान्न सकिन्छ । त्यसमा अर्को सन्तुष्टिको उपाए छ श्रीमान् क्रिमबहादुर दिन रात साथमै रहेका छन् । ‘उहाँ मेसिन चलाउने मिस्त्री’ खुशीले धपक्कै बलेको अनुहारमा हाँस्दै थपिन, ‘म त्याँ पनि सहगोग गर्छु ।’ एउटै फेक्टीमा श्रीमान् श्रीमति सबै हिसावमा सन्तुष्टिको छ । कमाई गर्न विदेश जान्छन् । उनीहरुको जोडीले मासिक चालिस हजार यतै कमाउँछ । तर पनि मेसिनको जोखिमी काम भएकाले तलव थपेहुन्थ्यो भन्ने लाग्छ ।
धेरैजाना हेल्परहरुलाई मुख्य मिस्त्री बनाएका छन् क्रिमलालले । गर्दै र सिक्दै जान्ने मिस्त्रीमा आरती पनि पर्नुहुन्छ । दुवैको पेशा र सिपले सासु ससुराको पालामा कैलाली गएको परिवार दाङ फर्किनो चाँजो मिलाउँदैछ । घर बनाएर यही बस्ने तयारी भएको उनीहरु बताउँछन् । घर बनाउने कमाई जुटाइरहेको छ । छोराले पनि विहे गरिसक्यो ।
अहिलेलाई दुई सय २७ घार तयार गर्ने काम आएको छ । धमा धम् निर्माणकार्य चलिरहेको छ । अघिल्लो महिना दुईसय घार विक्रि भएको थियो । यसरी घार तयार गर्ने र बेच्ने काम निरन्तर चलिरहेको छ । कामको अभाव छैन । परिश्रम र लगनशीलताको पनि कमी हुँदैन ।
उद्योग सन्चालक दिपकुमार बुढामगरका अनुसार चौधरीहरुले काम गर्न लागेको सात आठ बर्ष भैसकयो । ‘सिपालु मान्छे हुन् । यो चाहियो, यस्तो यस्तो सामानको जरुरी छ भनेर रोलक्रम मिलाईदिने मात्रै हो’ उनीहरुप्रति पुर्ण विश्वास रहेको भन्दै बुढामगरले भने, ‘बाँकी हेर्नु पर्देन । उनले नै काम निकाल्ने हुन् । मलाई ठगेर के गर्छौ तिमिहरुलाई नै मन पोल्छ भन्छु । अचानक अचानक जान्छु । गल्ती भेटान्न ।’ यसरी लामो समयदेखि बिश्वास जितेका छन् । संगै ज्युने संगै मर्ने कसम खाएको जोडिको साँच्चै उदाहरण छ ।











