घोराही, २९ मंसिर । नेपाल मगर संघको पहिलो बैठक आज घोराहीमा सम्पन्न भएको छ । बैठकले स्थानीय तहमा संघका भातृ संगठन गठन गर्ने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष खलुप्रसाद पुन मगरको अध्यक्षता तथा निबर्तमान अध्यक्ष सितलाल पुन मगरको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले सबै स्थानीय तहमा पुगेर विभिन्न भातृ संगठन गर्ने निर्णय गरेको छ । स्थानीय मगर संघसंग सहकार्य गरेर संगठन गठन गर्ने निर्णय भएको छ ।











