बाँके, २९ मंसिर । सिक्टा सिँचाइ आयोजनामा ठूलो लापरवाही भएको देखिएपछि अस्ट्रेलियन विज्ञ टोलीले बाँकेमा निर्माणाधीन आयोजनाको पश्चिम मूल नहरको माटो निरीक्षण गरेको छ ।

Sikta-aayojanaपश्चिम मूल नहरको केही स्थानमा देखा परेको घुलनशील माटोको निरीक्षण गर्न मङ्गलबार बाँके आएको विज्ञ टोली कार्य सम्पन्न गरी फर्किएको छ । सिक्टामा आर्थिक अनियमितता गरेर पश्चिम मूल नहर कमजोर हिसाबले निर्माण गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ अर्ब ५० करोड बराबरको बिगोसहित २१ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरिसकेको छ ।

बाँकेको बालापुरदेखि ढकेरीको झिझरी खोलासम्मको करीब पाँच किलोमिटर क्षेत्रमा घुलनशील माटो बढी मात्रामा प्रयोग भएको आयोजना निर्देशक कृष्ण नेपाल बताए ।