काठमाडौँ, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज शनिवार बन्दैछ । झण्डै पाँच महिनापछि वस्न लागेको बैठकमा सचिवालयले प्रस्तुत गर्ने ‘एजेन्डा’माथि छलफल हुने छ ।

CPN-Party-officeस्थायी कमिटीको बैठक बस्नुअघि सचिवालयको बैठक बसेर एजेन्डाको बारेमा छलफल गर्ने बताइएको छ । यसअघि विभिन्न चरणमा बसेको सचिवालय बैठकले गरेका निर्णयहरुलाई समेत राखेर बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी भइरहेको छ ।