काठमाडौं, २९ मंसिर । कांग्रेसको विधानअनुसार हरेक वर्ष हुनुपर्ने महासमिति बैठक ६ वर्षपछि आज शनिबार बस्दैछ । यसअघि २०६९ चैतमा महासमितिको नवौँ बैठक भएको थियो ।

deubaशेरबहादुर देउवा सभापतिमा निर्वाचित भएको ३२ महिनापछि बैठक वस्न लागेको हो । नेतृत्व बदल्नेबाहेक पार्टीका नीतिगत निर्णयहरूका लागि कांग्रेसमा महासमिति बैठक महत्वपूर्ण मानिन्छ ।