सल्यान, २६ मंसिर । शिक्षाको जगनै बाल विकास भए पनि साना साना शिशुहरुको स्याहार गरेर उनीहरुलाई औपचारिक शिक्षाको लागि तयार पार्नेलाइ नै राज्यले विभेद गरेको सल्यानको शिशु विकास सहजकर्ताहरुले बताएका छन् ।
शिक्षाको महत्वपूर्ण खुड्किलोको रुपमा रहेकोले बालविकास केन्द्रहरुलाई विभेद गर्दासम्म शिक्षा क्षेत्रले फड्को नमार्ने उनीहरुको भनाइ छ । आफुहरुलाई विद्यालयका अन्य शिक्षकहरुले हेर्ने दृष्टीकोण फरक भएको र पाउने सेवा सुविधा पनि लाजमर्दाे भएको गुनासो शिशु विकास सहजकर्ताहरुले गरेका हुन् ।
गायत्री आधारभूत विद्यालय कपुरकोट ४ गाँडापानी सल्यानमा रहेको बाल विकास केन्द्रकी सहजकर्ता चन्द्रा डाँगीले बाल विकास केन्द्रलाई व्यवस्थीत गर्न आवश्यक रहेको बताइन् । यद्यपि कपुरकोट गाउँपालिका सल्यानले आफुहरुलाइ पोषाक, अन्तरक्रिया तथा वाल विकास केन्द्रमा शैक्षिक सामग्रीहरुको व्यवस्था गरिदिएकोमा खुशी व्यक्त गरिन् ।











