इन्द्रेणी संवाददाता
दाङ, १८ मंसिर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नै सम्पत्ती ठानेर विकास निर्माणका योजनालाई अघि बढाउन उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।

narulalaआज वडा नम्बर १४ ले आज आयोजना गरेको निर्माण उपभोक्ता निर्माण समिति गठन र विकास निर्माण सम्बन्धी तालिममा बोल्दै नगर प्रमुख चौधरीले आफ्नो नठानेसम्म दिगो विकास हुन नसक्ने बताए ।

वडा र नगरका सबै योजनाहरु जनतालाई संबृद्धीसँग जोड्न कै लागि तय भएको भन्दै उनले आफ्नै सम्पत्ती ठानेर विकासका योजनालाई गुणस्तरीय बनाउन आग्रह गरे ।