धनगढी, १६ मंसिर । रोटरी क्लव अफ धनगढीले अन्तर रोटरी क्लव स्तरिय रोटा क्विज सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गत जोन २२ मा आवद्ध क्लवहरुको विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो ।

47055527_1937098833038850_8321394407517454336_nक्लवमा आवद्ध सदस्यहरुलाई रोटरी सम्वन्धि ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लव अफ धनगढीका उपाध्यक्ष डा. सुशिल भण्डारीले जानकारी दिए ।

३ वटा क्लवका विचमा भएको प्रतियोगितामा रोटरी क्लव अफ दाङ प्रथम भएको थियो । साथै सो प्रतियोगितामा रोटरी क्लव अफ तुलसीपुर सिटी द्धितिय र रोटरी क्लव अफ धनगढी सान्त्वना भएका थिए ।