काठमाडौ‌ं, १३ मंसिर । उपत्यकामा आजदेखि सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागु भएको छ । यो प्रणाली लागु भएपछि आज बिहानैदेखि राजधानीमा निकै कम गाडी चलेका छन् ।

rapti-bus-1शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुने एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सुविधाको लागि बिहीबारदेखि आइतबारसम्मका लागि काठमाडौं उपत्यकामा यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ।

बिहीबार र शनिबार बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने छ।
सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागू गरिएको हो ।