सप्तरी, ८ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बराहक्षेत्रबाट फर्केको को १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस शुक्रबार राति करिब साढे ८ बजे हनुमाननगरको पोखरीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरी डाकनेश्वरी ५ की बेचनीदेवी यादव, सिकलादेवी साह, दिनेश रजक, उनकी श्रीमती र ठकनी देवी रहेका छन् । घाइते भएका २२ जनाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये छ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।











