पाँचथर, १६ भदौ । पाँचथरमा एकजनाले आफ्नै बुबाको हत्या गरेका छन् । छुरा प्रहार गरी आफ्नै बाबु मारेको अभियोगमा तुम्वेवा गाउँपालिका–३ बस्ने २७ वर्षीया दिव्यारानी माङलाकलाई प्रहरीले पक्राउ गरेको छ ।
माङलाकले बुधबार राति ५४ वर्षीय बाबु वकिलबहादुर माङलाकलाई धारिलो हतियार छुरा कोखामा प्रहार गर्दा गम्भीर घाइते भएका थिए । घाइते बाबुको स्थानीय मेडिकल हुदै थप उपचारको लागी शुक्रबार धरान घोपा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।











