काठमाडौं, १५ भदौ । वरिष्ठ नाट्यकर्मी तथा गायक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालका पहिलो गायक रिमालको बिहिबार बिहान १ बजे निधन भएको परिवार निकट स्रोतले बताएको छ ।

hariवि.स. १९८२ सालमा असोज ५ मा काठमाडौं लगनटोलमा जन्मिएका रिमालले ४ दशक बढि रेडियो नेपालमा काम गरे । सुरुमा गायन विधाबाट आफूलाई चिनाएपनि उनले पछि नाटक तथा चलचित्रमा बढि काम गरे ।

स्वर्गीय रिमालले ‘मुनामदन’,‘मसान’, ‘के सक्कली के नक्कली’ लगायतका ५० भन्दा बढि नाटकमा अभिनय गरे भने ६ सय बढी नाटक निर्देशन गरे ।