काठमाडौं, २ साउन । सरकारले सुत्केरी भत्ता बृद्धि गरेर दोब्बर बनाएको छ । आर्थिक वर्ष २०७५ ७६ को बजेट भाषणमा सरकारले यसअघि महिलाले पाउँदै आएको सत्केरी भत्ता दोब्ब बनाउने घोषण गरेको थियो । सोही अनुसार भत्ता बढाएको हो ।
यसअघि सरकारी स्वास्थ्य संस्थामा नियमति चेक जाँच गराएर अस्पतालमै सुत्केरी भएमा हिमाली क्षेत्रमा १ हजार ५ सय, पहाडी क्षेत्रमा १ हजार र तराईमा ५ सय रुपैयाँ यातायात खर्च दिने गरेको थियो । तर अब भत्ता बृद्धिसँगै यसको दोब्वर पाउनेछन् ।
जसका लागि स्वास्थ्य सेवा विभागले मंगलबार माताहतका सबै कार्यालयलाई पत्राचार गरिसकेको छ । यो सेवा साउन १ गतेदेखि लागू भएको हो ।











