इन्द्रेणी संवाददाता
सप्तरी, २५ वैशाख । सप्तरीमा छुरा प्रहारबाट एक जनाको ज्यान गएको छ । शम्भुनाथ नगरपालिका–७, भंगहाका नमोदास चौधरीका ३० वर्षका छोरा अजयकुमार चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

hatya-5स्थानीय १९ वर्षका आनन्द चौधरीले व्यक्तिगत रिसिभिका कारण अजयलाई गएराति छुरा प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्ल आएको छ । गाउँमै बिहेको भोज खान गएको बेला अजय र आनन्दबीच समान्य विवाद भएको थियो । छुरा फरार गर्नेको खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।