
काठमाडौँ, २८ फागुन । चाइना नेसनल पिपुल काँग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले सभामुख कृष्णबहादुर महरालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।
![;efd'v dx/f;Fu lzi6frf/ e]6 ug'{x'Fb} lrlgofF /fhb"t xf]ª gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf ;f]daf/ ;efd'v s[i0faxfb'/ dx/f;Fu lzi6frf/ e]6 ug'{x'Fb} g]kfnsf nflu lrlgofF /fhb"t o' xf]ª . tl:a/, ;f}hGo M ;+;b ;lrjfno, /f;;](http://indrenionline.com/wp-content/uploads/2018/03/mahara.jpg)
सो भेटमा उनीहरुबीच नेपाल–चीनबीचको सम्बन्धलाई अझ सुदृढ गर्दै लैजाने विषयमा छलफलसमेत भएको थियो । भेटमा दुई देशका आपसी चासो र हितका विषयलाई सौहाद्रपूर्वक अघि बढाउने र आगामी दिनमा द्विपक्षीय सहयोगलाई अझ विस्तार गर्दै लैजाने विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा सभामुख महरा र राजदूत युबीच दुई देशबीचको संसदीय अनुभवलाई आदानप्रदान गर्दै अगाडि बढ्ने र दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो ।










