इन्द्रेणी संवाददाता
रौतहट, २४ फागुन । रौतहटमा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागी रौतहट क्षेत्र नं २ को राजपुर नगरपालिका ३ बलुवा टोलका ५० वर्षिय शेख शालिम गम्भीर घाइते भएका छन् ।
उनलाई प्रावि फतुवा महेशपुर नजिक गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर गम्भीर घाइते भएका शालिमलाई बिरगंज लगिएको छ ।
घटना किन र कसले गरायो भन्ने विषयमा अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ । घाइतेको अवस्था अत्यन्त गम्भीर रहेको छ । उनको कोखामा गोली लागेको बताइएको छ ।











