सबै संग सहयोगको याचन
काठमाडौं । पूर्वजनमुक्ति सेनाका कमाण्डर जीवनकुमार बिकले आर्थिक अभावका कारण श्रीमतीको ज्यान लागेको भन्दै सहयोगको लागि आग्रह गरेका छन् ।अछामको पञ्चदेव विनायक नगरपालिका–७ स्थायी घर भएका बिकले उपचारको लागि श्रीमतीलाई काठमाडौ ल्याएका छन् । तर आर्थिक अभावका कारण उनको उपचार हुन सकेको छैन । बिककी श्रीमती धनसरा बिक ढाडसँग सम्बन्धित रोगबाट पीडित छिन र उनको स्वास्थ्य अवस्था गम्भीर छ ।
राजधानीको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारको लागि भर्ना भएपनि आर्थिक अभावका कारणले डिस्चार्ज गरिदिएको श्रीमान विकको गुनासो छ । उपचारमा सहयोग गरी दिन सबैतिर धाएपनि कतैबाट सहयोग प्राप्त नभएको बिकले बताए ।

‘म विगत तीन महिनादेखि श्रीमतीको उपचारको लागि राजधानीमा भौतारिहरेको छु । तरपनि उपचार गर्न सकेको छैन । उपचारमा सहयोगका लागि सबैसँग अपेक्षा गरेको छु’ बिकले भने । अस्पतालले धनसराको ढाडको अप्रेशन गर्नुपर्ने त्यसको लागि तीन लाख रपैयाँ लाग्ने बताएको विकले जानकारी दिए ।
कलिलो उमेरमा २०५८ सालमा जनयुद्धमा पूर्णकालिन रुपमा लागेका बिक तत्कालिन जनमुक्ति सेनाको ७ नं डिभिजनमा रहेर काम गरेका थिए । बिकले सेना समायोजनामा अवकाशमा रोजेका थिए । एभरेष्ट दैनिकमा खबर छ ।
विकले आवश्यक सहयोगका लागि सबैसँग आग्रह गरेका छन् । सहयोग गर्न इच्छुक व्यक्तिले ९८४८४८५५२४ मा सम्पर्क गर्न विकले अनुरोध गरेका छन् ।











