रुपन्देही, १४ फागुन । प्रदेश नम्बर पाँचमा कानुन मस्यौदा तथा सुझाव आयोग गठन गरिएको छ । वरिष्ठ अधिबक्ता डाक्टर कुमार आचार्य अध्यक्षतामा गठन भएको आयोगका सदस्यहरुमा अधिवक्ताहरु खुमकान्त पौडेल र विष्णु पोखरेल रहेका छन् ।

Pradesh-chiefआयोगका अध्यक्ष आचार्य नेपालगञ्ज सदस्य पौडेल रुपन्देही र पोखरेल दाङकी हुन् । आयोगका पदेन सदस्यहरुमा प्रदेशका सह–न्यायाधीवक्ता, मुख्यमन्त्रीको कार्यालयका कानुन उपसचिव र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन महाशाखाका प्रमुख रहने व्यवस्था रहेको छ ।

केही दिनअघि बसेको प्रदेश मन्त्री परिषदको बैठकले कानुन मस्यौदा तथा सुझाव आयोग गठन गरेको र आयोगका अध्यक्ष र सदस्यहरुलाई पत्र बनाउने काम भइरहेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव बैकुण्ठ सापकोटाले बताए ।