इन्द्रेणी संवाददाता
सुर्खेत, ७ फागुन । आफूले मन्त्री नपाएको भन्दै प्रदेशसभा ५ मा निर्वाचित एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्।
प्रदेशसभाको सभामुख र मन्त्रीमा अवसर नदिएर पार्टीले आफूमाथि अन्याय गरेको भन्दै उनले राजीनामा दिएका हुन्। मुगुबाट निर्वाचित सांसद शाहीले आइतबार हुलाकमार्फत राजीनामा पत्र पठाएका थिए ।
यसअघि उनी सभामुखका आकांक्षी थिए। एमालेभित्र सभामुखमा उनको चर्चा चले पनि अन्तिम चरणमा आएर दैलेखका राजबहादुर शाहीलाई एमालेले सभामुख बनाएको थियो।
एमालेका केन्द्रीय सल्लाकारसमेत रहेका शाहीले पार्टीको साधारण सदस्यबाट पनि राजिनामा दिएको बताएका छन् । उनले पैसा र शक्तिको आडमा मन्त्री छनौट गरिएको र आफूलाई अन्याय भएकाले राजीनामा दिन बाध्य भएको प्रतिक्रिया दिएका छन् ।











