गोविन्द खड्का
घोराही, ५ माघ । बस्तीको बिचौ“ बिच भागमा पीपल खाली चोक छ । घोराही उपमहानगरपालिका १८ गिठेपानीको त्यस चोक संगै कृष्ण केसीको घरबारी जोडिएको छ । केसीले त्यहि घरको करेसालाई निजि वनमा दर्ता गर्ने प्रकृया शुरु भएको छ । त्यस कुराले धेरै स्थानिय अच्चममा परेका छन् ।

karesama rukhकरेसामा रुख लगाउने, त्यसलाई बनमा दर्ता गर्ने भन्दा धेरै झस्किन्छन् । आफ्नो बारीमा रुख रोपेर फेरी वनमा दर्ता गर्ने ? यसरी सोधेर आश्चर्य व्यक्त गर्नेहरु धेरै छन् । त्यस वरपरको जमिन हातको हिसावमा विक्री हुने गरी मुल्य आकास्सीएको छ । त्यता बाट हिसाव गर्दा बुद्धि नपुगेको होकि भन्ने अनुमान गर्न सकिन्छ । अरुले जे भने पनि केसि निकै हर्षित देखिनु हुन्छ ।

त्यसका बारेमा बुझ्न पुगेका गाउ“ बेशि टोलका अध्यक्ष स्थानिय मेघ बहादुर शाहलाई मोवाईलको एप खोलेर देखाईदिनुभयो । टिक र पाउलोनियाको बारी भित्र बसेर शाहले मोवाईलमा हेर्नुभयो । पात नदेखिने गरी ढकमक्क फुलेका बोटहरु थिए, केसिले फुल माहुरीको लागि अति उत्तम हुने सुनाउनुभयो । होनि भन्दै शाहले जिभ्रो टोक्नु हुन्थ्यो । पात बाख्राले असाध्यै मिठो मान्छन् भनेर सुनाउनुभयो । बाख्रा तथा भैसी पालन गर्ने शाह झनै खुशि हुनुभयो । आफुलाई पनि टिक पाउलोनिय खे ितगर्न तिब्र ईच्छा लागेको जानकार नभएको प्रतिकृया दिनुभयो ।
ईन्टरनेटमा सर्च गरीएका कुराहरु बाहेक पाउलोनियाका बारेमा अरु अनुभव पनि हासील गरेको केसिको भनाई छ । डेढ बर्षमै दुई हातको नापोमा नअटाउने गरी पेर बढेको छ । त्यहि स्तरमा ठुलो हुदै गए आठ दश बर्षमै काठ बनाउने पेर तयारहुने अनुमान छ । चा“डै काठका रुपमा बिक्री गर्न सकिने आश जगाएको केसिले बताउनुभयो । उहाका अनुसार काठ लचकदार हुन्छ । लचक लचलक लप्कीएपनि भा“चिदैन । प्लाष्टिक जस्तो चच्किने तर, बलियो छ ।

‘निजि वनमा दर्ताको प्रकृयामा छु, त्यसलाई विदेशमा एग्रोफरेष्टि भनिन्छ’ केसिले भन्नुभयो, ‘त्यो एग्रीकल्चरमै जान्छ । बेच्न सजिलो हुन्छ ।’ यसरी रुख तयार भएपछि बेच्न सजिलोका लागि निजि वनमा दर्ता गर्न लाग्नुभएको हो । पाउलोनिया तिस बोट मध्य केहि अहिल्यै फुल्न लागेका छन् । चिउरीको रस पाईने महका लागि गिठेपानी उत्तम क्षेत्र मानिन्छ । त्यस संगै झकाझुर पाउलोनिय फुलेपछि माहुरीका लागि अर्को वातावरण बन्ने देखिन्छ । रुख रोप्नुमा थप फाईदा छ । ‘पाउलोनिया झ्वाप्पै फुल्छ पातै नदेखिने गरी हुन्छ’ सुन्दरताको थप व्याख्या गर्दे केसिले थप्नुभयो, ‘मेसै संग धेरै क्षेत्रमा लगाएपछि वाल्लो डा“डा बाट पाल्लो डा“डा यति राम्रो देखिन्छ ।’

अघिल्लो पटक एक सय साठि रुपैया“का दरले किनेर पाउलोनिया रोपेको केसिले जानकारी दिनुभयो । उहाका अनुसार वन कार्यालयमा निवेदन सहित माग गरेपछि अवका दिनमा पाईने व्यवस्था भएको छ । त्यसैले हात्तिखर्कमा भिरालो जमिन लिनुभएको छ । केसिका अनुसार त्यहा“ रहेका कोटमिरा लगाएत सबै कु काठ फालेर टिक र पाउलोनिया रोप्ने योजना छ । त्यसमै स्थानिय शाहको पनि सहमति छ । अरु पहाड बाट तराई झर्दा शाह र केसि घोराही उपमहानगरपालिकाको दुर्गम मानिने हात्तिखर्क टोलमा जग्गा खरीद्न उक्लिनु भएको छ । उहाहरुले रुख रोप्दै फाईदा देख्नुभएको छ । अग्लो पहाडि भुभागमा लोकल वाख्रा पालेर फाईदा नहुने अरु जातका बाख्रा चिसो बाट बचाउने नसकिने भएकाले पनि टिक र पाउलोनियमा लाग्नु भएको छ । तिन सय बढि टिक का रुख अहिले घर बारीमै रौपनुभएको छ । बाकि रुख हात्ति खर्कको बारीमा रोप्ने केसीले जानकारी दिनुभयो । सबै निजि वनमा दर्ता गर्ने योजना छ ।