इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । दाङलाई प्रदेश नम्बर पाँचको राजधानी नतोकिएपछि बुधवारदेखि घोषणा गरिएको अनिश्चितकालीन बन्द झन कडा बनाइएको छ । आज विहीबार बन्दका कारण जिल्लामा यातायातका साधन सञ्चालनमा आएका छैनन् भने व्यपार व्यवसाय ठप्प छ ।

26857326_10210725118795945_1822612461_nबन्दका कारण पूर्व–पश्चिम राजमार्गमा पनि यातायात चलेका छैनन् । सवारीका साधन नचल्दा यात्रुहरु विचमै अलपत्र परेका छन् भने बजार बन्द हुदा उपभोक्ताले दैनिक उपभोग्य समाग्री किनमेल समेत गर्न पाएका छैनन् । बन्दले गर्दा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ ।

आन्दोलनकारीले सरकारले पाँच नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देहीलाई गरेको विरोध गर्दै यसलाई फिर्ता नलिदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले सरकारले माघ २४ गते तोकेको राष्ट्रिय सभाको निर्वाचन समेत हुन नदिने, जनप्रतिनिधिहरुलाई वन्धक बनाउने लगायतका आन्दोलनका कार्यक्रम अघि सरेका छन् ।