इन्द्रेणी संवाददाता 

दाङ, १६ कार्तिक । मंसीर २१ गतेहुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि उमेद्वारहरुले १६ गते बिहिवार मनोनयन दर्ता गराएकाछन् । झाँकी जुलुस सहित आएका दलहरुले निर्वाचन कार्यतालीका अनुसार नै मनोनयन दर्ता गराएकाहुन् । मनोनयन दर्ताका लागि आएका बाम गठबन्धनका नेता कार्यकर्ताको जुलुसले घोराही वजारको परीकर्मा गरी सभा समेत गरेका थिए ।

mahara & shankar

प्रतिनिधि सभाका लागि दाङका रहेका तीन निर्वाचन क्षेत्र मध्ये वाम गठवन्धनवाट १ मा मेटमणी चौधरीले उमेद्वारी दर्ता गराएकाछन् भने नेपाली काँग्रेसका तर्फवाट शुशिला चौधरीले उमेद्वारी दिएकी छिन् । त्यस्तै प्रदेश सभाकालागि १ को क वाट वामगठवन्धनका तर्फवाट ईन्द्रजित थारुले आफ्नो उमेद्वारी दर्ता गराएकाछन् भने नेपाली कांग्रेसवाट प्रदिप थापाले उमेद्वारी दिएका छन् ।

त्यसैगरी १ कै ख वाट वामगठवन्धनका रेवतीरमण शर्मा र कांग्रसका तर्फवाट जानकीलाल वस्नेतले उमेद्वारी दर्ता गराएकाछन् । त्यस्तै दाङको निर्वाचन क्षेत्र नं २ मा वाम गठवन्धनका तर्फवाट नेकपा माओवादी केन्द्रका नेता कृष्णवहादुर महराले उमेद्वारी दिएकाछन् भने नेपाली कांग्रेसका तर्फवाट राजु खनालले उमेद्वारी दिएकाछन् । त्यस्तै प्रदेश सभाका लागि २ को क वाट नेकपा एमालेका नेता शंकर पोख्रेलले उमेद्वारी दिएकाछन् भने नेपाली कांग्रेसका तर्फवाट कमल किसोर घिमिरेले उमेद्वारी दर्ता गराएकाछन् । त्यसैगरी २ कै ख वाट बाम गठबन्धनका तर्फवाट अमरबहादुर डाँगिले उमेद्वारी दर्ता गराएका छन् भने नेपाली कांग्रेसका तर्फवाट भरत बहादुर न्यौपानेको उमेद्वारी परेको छ ।

उता दाङको क्षेत्र नं ३ मा प्रतिनिधिसभाका लागि नेकपा एमालेका नेता हिराचन्द्र केसीले उमेद्वारी दिएका छन् काँग्रेसका तर्फवाट दिपक गिरीले उमेद्वारी दर्ता गराएका छन् । त्यस्तै क्षेत्र नं ३ को क वाट बाम गठवन्धनका साझा उमेद्वार जगप्रसाद शर्मा अपारले उमेद्वारी दर्ता गराएकाछन् भने नेपाली कांग्रेसका तर्फवाट डिल्लीबहादुर चौधरीले आफ्नो उमेद्वारी दिएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ को ख मा गठवन्धनका तर्फवाट नेकपा एमालेका नेता उत्तरकुमार वलीको उमेद्वारी परेको छ भने नेपाली कांग्रेसका तर्फवाट वुद्धिराम भण्डारीले उमेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैविच केही दिनअघि नेकपा एमालेमा प्रवेश गरेकी नेत्रृ कोमल वलीले दाङको क्षेत्र नं ३ वाट प्रतीनीधी सभाका लागी स्वतन्त्र भन्दै वागी उम्मेद्वारी दर्ता गराएकी छिन् भने नेकपा माओवादी केन्द्रका पोलीट्व्युरो सदस्य कुवेर वलीले पनी क्षेत्र न ३ को क वाट प्रदेश सभा सदस्यका लगी स्वतन्त्र रुपमा उम्मेद्धारी दर्ता गराएकाछन् । त्यसैगरी ३ कै ख वाट प्रदेश सभाका सदस्यका लागि नेकपा माओवादी केन्द्रका गोविन्द भण्डारीले पनि मनोनयन दर्ता गराएकाछन् ।