गोरखा, १६ साउन । भूकम्पपछिको पुनर्निर्माणले गति लिन नसक्दा नवनिर्वाचित स्थानीय तहका पदाधिकारी टहरामा बस्न बाध्य छन्। घरमात्र होइन, उनीहरूको कार्यालय पनि छाप्रोमै छ। उनीहरूले पुनर्निर्माणकै मुद्दालाई प्राथमिकता दिएका छन्।

gorkhaगोरखाका चुनलुब्री, धार्चे, चुलिकोट, अजिरकोटलगायत नौवटा गाउँपालिका छाप्रोबाटै सञ्चालित छन्। भूकम्पमा भत्किएका साविकका गाविस भवन पुनर्निर्माण गरिएका छैनन्।

धार्चे गाउँपालिका–२ केरौंजाका वडाध्यक्ष सुकबहादुर गुरुङ २७ महिनादेखि टहरामा छन्। ७० वर्षीया आमा, पत्नी र छोराछोरीलाई टहरामै छाडेर उनी चुनाव प्रचारमा हिँडे। दुई वर्षदेखि मासिक ५ हजार भाडा तिर्दै आएको टहरो जीर्ण भइसकेको छ। ‘चुनाव लड्ने खासै इच्छा थिएन,’ साविक केरौंजा गाविसका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘पार्टी र गाउँलेले भनेपछि उठें, जितियो।’ कान्तिपुरबाट