काठमाडौं, १० साउन । रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी र उज्वल थापाले नेतृत्व गरेको विवेकशील नेपालीबीच एकता हुने भएको छ । भोलि बुधबार पार्टी एकताको घोषणा गरिने बताइएको छ ।
बुधबार दिउँसो साढे एक बजे इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा एकता घोषणा हुने दुबै पार्टीले संयुक्त विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।











