प्यूठान, १० साउन । प्यूठानमा अघिल्लो आवको तुलनामा गत आवमा जिल्लामा ४ गुणा बढी बजेट फ्रिज भएको छ । आव २०७३/७४ मा जिल्लाको सवा १ अर्ब बजेट फ्रिज भएको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आवमा १ अर्ब १३ करोड ३ लाख ९७ हजार फ्रिज भएको छ । पूँजीगततर्फ ६७ करोड ३० लाख १३ हजार र चालूतर्फ ४५ करोड ७३ लाख ८४ हजार फ्रिज भएको कोष तथा लेखा नियन्त्रक दिनेश थापाले जानकारी दिए ।
जिल्लामा पछिल्लो १ वर्षमा विभिन्न सरकारी कार्यालय तथा परियोजनाहरूमार्फत पूँजीगततर्फ ३ अर्ब ६९ करोड ३० लाख ८३ हजार र चालूतर्फ २ अर्ब १ करोड २४ हजार बजेट आएको थियो ।