दाङ, २७ चैत । गर्मी समयको शुरुवातमै चैत ४ गते लमही नगरपालिका–९ अमिलियामा आगलागी हुँदा ४ घर जलेर नष्ट भए । अमिलियाका हस्तबिर विक, दिलबहादुर विक, हरिबहादुर बिक र ताराप्रसाद खड्काको लाखौको धनमाल जलेर नष्ट भयो ।

damkalके कारणले आगलागी भएको भन्ने जानकारी नआए पनि केटाकेटी खेल्दा आगलागी भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । आगलागिबाट घरमा रहेका लत्ताकपडा भाँडाकुँडा सवै जलेर नष्ट भएका थिए । लमही नगरपालिकासँंग दमकल नभएका कारण सदरमुकाम घोराही र तुलसीपुरवाट दमकल जान ढिलाई भएकोले पनि धेरै क्षती भएको आगलागी पिडितहरु बताउँछन् । आगलागी भएको खवर पाउना साथ घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाबाट गएका २ वटा दमकल, स्थानीयवासी तथा प्रहरीको सहायतामा आगो नियन्त्रणमा आएको थियो ।

त्यसैगरी फागुन २० गते बंगलाचुली गाँउपालिका २ खाडाका दलबहादुर घर्तीको घरमा पनि आगलागी भयो । छोराले विहान चुलोमा आगो बाल्दा सल्केको आगोले घरको माथिल्लो तला जलेर नष्ट भयो । छिमेकी र गाँउलेको सहायताले आगो नियन्त्रणमा लिईएको थियो भने अहिले घर्तीको परीवार त्यही जलेको घरमा नै वसिरहेको छ । ऐलानी जग्गामा एउटा सानो घर वनाएर बसेका घर्तीलाई अहिले सहयोगको खाँचो छ ।

आगलागीका घटनाहरु वाहिर आईरहदा नियन्त्रण गर्न घोराही उपमहानगरपालिकासँंग २२ वर्ष पुरानो एउटा दमकल छ । दमकल र आवश्यक जनशक्ति तयारी अवस्थामा रहेकोले जुनसुकै समयमा पनि खवर पाउना साथ सेवाको लागि तयार रहेको घोराही उपमहानगरपालिका काकार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटा बताउछन् । “यो दमकल पुरानो भएपनि अहिलेसम्म फिल्डमा गएको समयमा बिग्रेको छैन तैपनि अर्को माग गरेका छौ” सापकोटाले भने । घोराही उपमहानगरपालिकाको मात्र घरधुरी संख्या ३५ हजार ४ सय १९ रहेको छ । यो घरधुरी संख्यालाई एउटा दमकलले नपुग्ने अबस्थामा जिल्लाभर पु¥याउन कठिन भएको उनले बताए ।

यदि ठूलो आगलागी हुने हो भने एउटा मात्र दमकलले नियन्त्रण गर्न नसकीने सापकोटाले बताए । दाङ आगलागीको उच्च जोखीममा रहेको सापकोटाले बताए । पुरानो प्रबिधिमा आधारीत दमकल भएपनि अहिलेसम्म काम गरी राखेको छ । ‘नयाँ प्रबिधियुक्त दमकल माग गरीएको हो तर कहिले आउने हो थाहा छैन,’ घोराही उपमहानगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले भने । घोराही उपमहानगरपालिकाको घरधुरी संख्या हेर्ने हो भने कम्तिमा दुईवटा दमकल हुनुपर्ने रेग्मी बताउँछन् ।

उता तुलसीपुर क्षेत्रमा पनि उपमहानगरपालिकासंँग एउटा मात्र दमकल रहेको छ । छुट्टै बारुणयन्त्र शाखा नभए पनि दमकलको लागि छुट्टै फोन लाईन भएकोले आगलागीको खबर पाए तुरुन्तै जान सक्ने बताउँछन् । तुलसीपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी । २०६८ को जनगणना अनुसार जिल्लाको कुल घरधुरी संख्या १ लाख १६ हजार ३ सय ४७ रहेको छ । त्यसका लागि जिल्लामै दुई वटा मात्र दमकल रहेका छन् ।

त्यसैगरी साविकका ११ गाविस रहेको देउखुरी क्षेत्रमा त झन दमकल नै छैन । आगलागिको धेरै जोखीम मानिएको क्षेत्रमा नै दमकल नहुँदा त्यहाँका स्थानीय वासीन्दा चिन्तामा छन् । अमिलियामा जस्तै देउखुरी क्षेत्रमा आगलागी भएमा भने घोराही तथा तुलसीपुरबाट दमकल पठाउनुपर्ने बाध्यता रहेको छ ।
सन्तोष अधिकारी/बुटवल टुडे