सल्यान, १४ चैत। आगमी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सल्यानमा १ सय ११ वटा मतदान केन्द्र तोकिएको छ । २०७० सालको संविधान सभाको निर्वाचनका लागि तोकिएका १ सय ३८ मतदान केन्द्रमा २७ घटाएर सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।

salyanनिर्वाचन अधिकारी महेश शर्माका अनुसार सवै भन्दा कम ढोडचौर गाउँपालिकामा ६, र सवै भन्दा वढी वनगाड कुपिण्डे नगरपालिकामा १८ मतदान केन्द्र तोकिएको छ ।

यस्तै दार्मा ९ , कुमाखमालिका १०, कालिमाटी ९, छत्रेश्वरी ९, कपुरकोट ९, त्रिवेणी गाउँपालिका ८ मतदान केन्द्र तोकिएको छ भने शारदा नगरपालिकामा १६ , वागचौर नगरपालिमा १४ केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यहाँ वसेको मतदान केन्द्र पुनरावलोकन समितिले भूगोल, ईलाका र क्षेत्रमिलाएर निर्वाचन आयोगमा पठाएको प्रमुख जिल्ला अधिकारी भरतकुमार वुढाथोकीले जानकारी दिए । जिल्लामा पुरुषको संख्या ६१ हजार २सय १९ र महिलाको संख्या ६१ हजार २ सय ६ गरी जम्मा मतदाताको संख्या १ लाख २५ हजार रहेको छ ।