kaidi

गोपाल शर्मा भट्टराई  / दाङ १६ माघ ।   जिल्लाको तुलसीपुर कारागारमा रहेका कैदी बन्दीहरु कारागार भित्रै आयआर्जनमा  जुटेका छन । कोहि मुढा बनाउँदै छन । कारागारमा रहेका आधा भन्दा वढि कैदी बन्दीहरु कारागार भित्र खाली हात बस्नु भन्दा आफु संग भएको हाते सीपको प्रयोग गरेर उनीहरुले विभिन्न सामग्रीहरु उत्पादन गर्दै व्यवसायीक बन्न थालेका हुन ।

अहिले कैदीहरु ब्यबसायिक रुपमै कारागार भित्रै विभिन्न सामग्रीहरु उत्पादन गरेर आयआर्जनमा लागेका हुन । कैदीहरु यसरी आयआर्जनमा लाग्न थाले पछि कारागार सुधार गृहको रुपमा जान थालेका उनीहरुको भनाई रहेको छ । कारागारमा रहेका २ सय १ जना कैदीहरुमध्ये आधा भन्दा बढिले व्यवसायीक रुपमा विभिन्न उत्पादनहरु गरिरहेका छन । महिलाहरुले रुमाल, गल्बन्दी, ढकियाँ, कुसन, लेस उत्पादन गर्ने गरेका छन भने पुरुष कैदीहरुले मुढा, बाँसको टेबुल टोपी, घर सजावटका सामगी्रहरु उत्पादन गरेर व्यवसायीक आर्यआर्जनमा लागेको कारागार प्रशासनले जनाएको छ ।

तुलसीपुर कारागारका जेलर देबेन्द्र प्रसाद श्रेष्ठले कैदीहरु आयआर्जनमा लागेको जानकारी दिए । उनले आधा भन्दा बढि कैदी आर्यआर्जनमा लागेको भन्दै यसबाट उनीहरुले राम्रो आम्दानी समेत गरिरहेको वताए । जेलर श्रेष्ठले कारागार भित्रको सीपले उनीहरुको आयस्तर समेत सुधार हुदै गएको वताए । कतिले त कारागारमा कमाएको रकमले घर खर्च समेत टार्ने गरेका छन श्रेष्ठले भने यो राम्रो पाटो हो ।

‘यसका लागि कारागार प्रशासनले पनि उनीहरुलाई आर्यआर्जनको वातावरण गरीदिएको छ’ उनले भने– ‘उनीहरु आफै पनि जागरुप छन ।’ कैदीहरुको आफनो उत्पादनमा केहि वजार समस्या रहेको गुनासो  छ । ‘सोचे जती बजार पाउन सकेका छैनौ’ कैदी बन्दी नवीन क्षेत्रीले भने –, ‘नियमित बजार पाउँन सकेमा मासिक ३÷४ हजार कमाउन सकिन्छ ।’ उनले दिन भरि खाली हात बस्नु भन्दा सिपले धेरै फाइदा गरेको वताए । क्षेत्रीले यस पटक तुलसीपुरमा सञ्चालन हुन लागेको मध्यपश्चिम क्षेत्रीय महोत्सवलाई केन्द्रित गरेर उत्पादन बढाइएको जानकारी दिए । उनले महोत्सवको लागि २ सय वढि मुढा, टेबुल, टोपी तयार गरि सकिएको उल्लेख गरे । उनले सामान्न किन्नेहरु कारागारमै आएर लिने गरेको वताए । ‘यहि आएर पनि कतिले लिनुहुन्छ’ उनले भने –, ‘राम्रो र टिकाउँ हुन्छ  भनेर प्रसंसा पनि गर्नु हुन्छ ।’

कैदीको उत्पादन गुणस्तरीय र टिकाउँ हुने भएकाले आफुले पहिले देखि नै कैदीको उत्पादन प्रयोग गर्दै आएको स्थानीय रेश्मीराज अधिकारीले वताए । कारागारमै भेटिएका उनले बजारको भन्दा सस्तो र राम्रो समान कैदीहरुको रहेकोले आफु किन्न आएको प्रतिक्रिया दिए ।   राप्ती समाचार