घोराही १६ माघ । नेपाली काँग्रेसकी नेता एंव सांसद अनिता देवकोटाले घोराही नगरको विकासका लागि साझा सहकार्यको आवश्यक रहेको वताएकी छिन । शनिवार घोराही नगरपालिकोको ३९औँ स्थापना दिवसको प्रमुख अतिथि देवकोटाले त्यस्तो वताएकी हुन ।
घोराही नगरपालिका उप–महानगरपालिकाको रुपमा प्रस्तावित गरिएको प्रति खुसी व्यक्ति गरेकी उनले अब त्यही अनुसार विकासका लागि सवै राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने धारणा उनले व्यक्त गरेकी थिइन । नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद सापकोटाको अध्यक्षता भएको स्थापना दिवसका अवसरमा नगरको विकासका लागि सबै नगरवासी एक हुनुपर्ने सांसद देवकोटाको धारणा थियो ।
नगरको विकासका लागि कलम चलाएको भन्दै पत्रकारद्वय डिल्ली मल्ल र आरके सितललाई कार्यक्रममा सम्मान गरिएको थियो । स्थापना दिवसका अवसरमा विभिन्न प्रतियोगितामा विजयी ब्यक्ति तथा समुहलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व उपसचिव रमेश अधिकारी, पुर्व मेयर अमरबहादुर डाँगी, चक्रपथ निर्माण समितिका अध्यक्ष दामोदर अधिकारी, नेकपा एमालेका नगर अध्यक्ष लक्षिण बुढा, नागरिक समाजका सचिव चन्द्रराज पन्त, टाउन प्लान टोल विकास सस्थाका अध्यक्ष दिलिप डिसी, वडा नागरिक मञ्चका संयोजक धना जिसी, दाङ जिल्ला उद्योग बाणिज्य संघका उपाध्यक्ष नारायण भुषालले लगाएतकाले नगरपालिकाको विकास लागि एकहुनुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण शाखा अधिकृत सुबोध रेग्मीले गर्नुभएको थियो ।
