काभ्रे, १७ पुस । काठमाडौँबाट धुलिखेल आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २८ यात्रु घाइते भएका छन् ।

busबा २ ख ११८८ नम्बरको यात्रु बहाक बस काभ्रेको नासिकास्थान–३ साँगामा आइतबार दुर्घटना हुँदा २८ जना घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । शिर मेमोरियल अस्पताल बनेपामा उपचार गराएका सबै ९ जना यात्रु उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै धुलिखेल अस्पतालमा भर्ना गरिएका १९ मध्ये ३ जना उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

घाइतेमध्ये ठाउकोमा चोट लागेका महानगरीय प्रहरी वृत्त ललितपुरमा कार्यरत हवल्दार खेमराज शाहीको अवस्था केही गम्भीर भए पनि खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।