काठमाडौं, ४ पुस । लोडसेडिङ अन्त्य तथा नेपाल विद्युत प्राधिकरणको संस्थागत सुदृढीकरणमा अवरोध पुर्‍याएको भन्दै तीन सञ्चालकलाई ऊर्जा मन्त्रालयले बर्खास्त गरेको छ।

nea-operation-boardनेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको सिफारिसमा ऊर्जामन्त्री जनार्दन शर्माले सञ्चालकहरु मनोज कुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई वर्खास्त गरेका हुन् ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई असहयोग गरेको विषयमा प्राधिरकण सञ्चालक समितिले सोधेको स्पष्टिकरणको चित्त बुझ्दो र उचित जवाफ नदिएको भन्दै उनीहरुलाई बर्खास्त गरिएको बताइएको छ।
यसैबीच ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्यामा तीनजनालाई नियुक्त गरेको छ ।

nea-board-mamber-624x374

नवनियुक्त सदस्यहरु

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको लोडसेडिङ घटाउ अभियानमा अवरोध गरेको भन्दै तीन सदस्यलाई बर्खास्त गरेपछि रिक्त स्थानमा नयाँ सदस्यलाई ऊर्जा मन्त्रालयले नियुक्त गरेको हो ।

प्राधिकरण सञ्चालक समिति सदस्य बन्नेहरुमा रुकुमका पूर्तिमकाँडा गाविस–६ का भक्तबहादुर पुन, बाजुराको मार्तडी गाविस–३ का चेतराज जोशी र सुर्खेतको वीरेन्द्रनगर नपा–६ का उमेशप्रसाद थानी रहेका छन् ।

उनीहरुलाई चार वर्षका लागि सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको ऊर्जामन्त्री जनार्दन शर्माका निजी सचिव कृष्णबहादुर केसीले जानकारी दिए ।