तुलसीपुर १६ मंसिर । अपाङगता भएकाहरुलाई सार्वजनिक सवारीमा आरक्षण सिट र यातायात निर्देशिका अनुसार भाडामा छुट दिन सोमवार तुलसीपुरमा भएको एक कार्यक्रमका बक्ताहरुले माग गरेका छन । नगरस्तरीय अपाङग सञ्जाल तुलसीपुरको आयोजनामा भएको छलफल कार्यक्रमका सहभागिहरुले त्यस्तो माग गरेका हुन ।
उनीहरुले सार्वजनिक सवारी साधनमा अपाङगता भएकाहरुका लागि आरक्षित सिट र भाडामा तोकिएको छुट नपाउँदा सार्वजनिक यातायात अपाङग मत्री वन्न नसकेको भन्दै अव प्रत्यक सार्वजनिक सवारी साधनमा आरक्षण सिट र यातायात निर्देशिकाले तोकिए वमोजिम छुटको व्यवस्था गर्न माग गरेका छन् ।
छलफलले सार्वजनिक यातायातका साधनमा अपाङगताका लागि आरक्षण सिटको व्यवस्था रहेको स्टीकर लगाउने समेत निर्णय गरेको छ । २५औं अपाङगता दिवसका अवसरमा सार्वजनिक सवारीसाधनमा स्टीकर लगाउने गरी तयारी भएको नगरस्तरीय अपाङग सञ्जालका संयोजक दोलख खत्रिले जानकारी दिए ।
छलफलमा अम्वीकेश्वरी वस व्यवसायी समितिका अध्यक्ष ज्ञान वहादुर वस्नेत ,तुलसीपुर जिप तथा माईक्रो मिनिवस व्यवसायी समितिका सचिव रामवहादुर डाँगीले परिचय पत्रका आधारमा नभइई वास्तविक अपाङगता भएकाहरुलाई राज्यको निर्देशन अनुसार दिन नसके पनि ३० प्रतिशत सम्म छुट दिनुका साथै प्रत्यक लामोदुरीका सवारी साधनमा दुइसिट आरक्षण गरिएको जानकारी दिएका थिए ।
अपाङग सञ्जालका संयोजक दोलख खत्रिको अध्यक्षता एवं तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालीकाका वित्तिय अधिकृत ललित वहादुर घर्ती , सुचना अधिकारी झरेन्द्र खरेल ,ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देववहादुर खत्रि लगाएतले मन्तब्य राखेका थिए ।











